Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ पल र पूजाको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/12
यस वर्षको प्रतिक्षित फिल्म 'म यस्तो गीत गाउँछु' असार ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्मको 'भन्छु आज' बोलको गीतले नेपाली बजारमा उधुम मच्चाइरहेको अवस्थामा गएको शुक्रवार फिल्मको ट्रेलर सार्वजनिक भयो । प्रेमकथा बोल्ने सार्वजनिक ट्रेलरले फिल्म 'म यस्तो गाीत गाउँछु'लाई थप उचाईमा पुराएको छ । 'भाग्यमै लेखेको छैन भने मुटुमा सजाउँदैमा कसैलाई आफ्नो बनाउन नसकिँदो रहेछ' फिल्मको ट्रेलरमा समाबेश यो सवाद अहिले दर्शकहरुको जिब्रोमा खुबै झुण्डिरहेको छ । ट्रेलरमा देखिएको पल शाह र पूजा शर्माको प्रेमजोडीलाई पनि दर्शकहरुले उतिक्कै रुचाएका छन् । 
 
 
वर्ष २०७२ मा रिलिज भएको सुपरटिह फिल्म 'प्रेमगीत' को र्शिष गीत सापटी लिएर निर्माण भएको 'म यस्तो गीत गाउँछु' मा पहिलो पटक पल शाह र पूजा शर्माले एकसाथ स्क्रिन शेयर गरेका हुन् । पल शाह 'नाइँ नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएका हुन् भने पूजा शर्मालाई 'प्रेमगीत'ले नायिकाको रुपमा स्थापित गराएको हो । पल र पूजा दुवैका लागि फिल्म 'म यस्तो गीत गाउँछु'को व्यापारिक रिपोर्टले ठूलो अर्थ राख्छ । त्यसैले पनि यी दुवैका लागि फिल्म 'म यस्तो गीत गाउँछु' अग्नी परिक्षा बनेको छ । यो फिल्म सफल भएको खण्डमा पल र पूजा दुवैलाई ठूलै सफलता हात पर्नेछ । 
 
'भन्छु आज' बोलको गीत र ट्रेलरपछि अहिले सिनेवृतमा यदी कुनै जोडीको चर्चा छ भने पल र पूजाको नै छ । म्यूजिक भिडियोबाटै राम्रो फ्यान क्रेज बनाएका पल शाह र 'प्रेमगीत'बाट एकाएक चर्चामा आएकी पूजा शर्मा अब असार ३० गतेको विहानीको प्रतिक्षामा छन्, जसले यो निर्धारण गर्छ कि आफूले कमाएको फ्यान क्रेजको भिड हलमा लाग्छ वा लाग्दैन ? 
 
 
पूजा र पलका अलवा फिल्म 'म यस्तो गीत गाउँछु' मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)