
शाहरुख खान-ऐश्वर्या राय बच्चन र माधुरी दीक्षित स्टारर 'देवदास' एकपटक फेरि सिनेमा घरमा रिलिज हुने भएको छ । डीएनएको रिपोर्टका अनुसार, फिल्मका डायरेक्टर संजय लीला भंसाली आफैले यो कुराको जानकारी दिएका हुन् । यस पटक यो फिल्म थ्रीडी मा रिलिज गरिनेछ ।
डीएनएसँग कुराकानी गर्दै संजय लीला भंसालीले भनेका छन्, 'थ्रीडीलाई दुनियाँमा निकै रुचाउने गरिन्छ । 'देवदास'बाट हामी इन्टरनेशनल थ्रीडी मार्केटमा आफ्नो पकड बनाउन चाहन्छौं, जुन 'बाहुबली'ले मिस गर्यो ।'
शाहरुख खान र संजय लीला भंसालीको जोडी कवि साहिर लुधियानवीको बायोपिकबाट फेरि कमब्याक गर्दैछ । यसका अलावा शाहरुखको अनुष्का शर्मासँग 'जब हैरी मेट सेजल' पनि अगस्तमा आउँदैछ । यस्तै, भंसाली आफ्नो नयाँ फिल्म 'पद्मावती' को छायांकनमा व्यस्त छन्, जसमा शाहिद कपूर, रणवीर सिहं र दीपिका पादुकोण छन् ।

