Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'दबंग ३' बाट अरबाजले हात झिके

फिल्मीखबर, मुम्बई, 2017/06/11
बलीउडका सुपरस्टार सलमान खानको दुई फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा है’ को सुटिङ सकिएको छ । 'ट्युबलाइट' भने रिलिजको दिन कुरेर बसेको छ । सलमान खानले यस अघि नै 'ट्युबलाइट' र 'टाइगर जिन्दा है' फिल्मको सुटिङ नसकी अरु फिल्ममा काम नगर्ने बताएका थिए ।
 
यसकारण उनले 'दंबग ३' को पनि सुटिङ गरेका थिएनन् । अब भने यस फिल्मलाई लिएर नयाँ खबर बाहिर आएको छ । यस फिल्मलाई अब अरबाज खानले नभइ प्रभु देवाले निर्देशन गर्ने भएका छन् । प्रभु देवाले यस अघि 'वान्टेड' फिल्मको निर्देशन गरेका थिए । 
 
यो उनीहरुको दोस्रो फिल्म हुनेछ । 'वान्टेड' को सिक्वल बनाउने मुडमा रहेका प्रभुले सलमान खानसँग दंबग ३ को लागि निर्देशन गर्न तयार भएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै अरबाज भने यस फिल्मको निर्माताको हैसियतले रहनेछन् ।
 
Most Visited News (monthly)