.jpg)
गएको शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको दयाहाङ राई र प्रियका कार्की स्टारर फिल्म 'लाल्टिन' ले अहिले सिनेमा घरहरुमा सुखद व्यापार गरिरहेको निर्माता भानु प्रतापले जानकारी दिएका छन् । प्रदर्शनको दिन फिल्मको सन्तोषजनक ओपनिङ रहेपनि दोस्रो दिन शनिवार अधिकांश हलहरु हाउसफूल रहेको निर्माता भानु प्रतापले 'फिल्मीखबर डटकम' सँगको कुराकानीको क्रममा बताए । फिल्म हेर्न सिंगलसँगै काठमाडौंका महिल्टप्लेक्समा पनि दर्शकहरुको उतिक्कै भिड रहेको निर्माता भानु प्रताप दावी गर्छन ।
आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास निर्माणपक्षको छ । निर्माता भानु प्रताप भन्छन्, 'प्रदर्शनको दिन फिल्मको ओपनिङ राम्रै थियो भने शनिवार अधिकांश हलहरु हाउसफूल छन् । काठमाडौं भित्र मात्र होइन मोफसलमा पनि फिल्मको ओपनिङ निकै राम्रो छ । दर्शकहरुले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई निकै रुचाउनुभएको छ ।'
उनका अनुसार, काठमाडौंको लभिङ मलमा एक मात्र शो पाएको 'लाल्टिन' ले थप दुई शो पाएको छ भने सिभिलमा पनि दुईवटा शो पाएको फिल्मले थप एक शो पाएको छ ।
देव कुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, मेलिना मानन्धर लगायतको अभिनय रहेको छ। यस फिल्ममा निर्जन थापा र राज कटुवालले डेब्यू गर्दैछन्। फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

