Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तश्वीरमा हेर्नूस् श्रीमानसँग यूना उप्रेती !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/11
सोझी र सुन्दर नायिकाको रुपमा नेपाली सिनेमा क्षेत्रले सधै सम्झिरहने नाम हो नायिका यूना उप्रेती । 'पर्खी बसेँ' फिल्मकी हिट नायिका यूना अहिले अमेरिकामा बस्छिन् । 'सम्झिँ दिए पुग्छ', 'फर्केर हेर्दा', 'फर्ज', 'चन्द्रावती', 'दिलमा सजाएँ तिमीलाई' लगायतका फिल्ममा दमदार अभिनय गरेकी यूना एक कार्यक्रमको शिलशिलामा केही बर्ष अगाडि अमेरिका पुगेकी थिइन् । त्यसपछि उनले नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिन सकिनन् । नेपाली सिनेमा क्षेत्रमा आशातित सफलता नपाएपछि यूना अमेरिका हानिएकी थिइन् ।
 
 
अमेरिका हानिएको केही बर्षपछि एउटा खबर बाहिरियो यूनाले अमेरिकामै नेपाली यूवकसँग विवाह गरिन् । तर, उनका प्रशंसकहरुले अहिलेसम्म यूनाका श्रीमानलाई हेर्न पाएका छैनन् । सामाजिक सञ्जालमा सक्रिय भएपनि यूनाले आफ्नो श्रीमानसँगका तश्वीरहरु खासै अपलोड गरेकी छैनन् । यो प्याकेजमा हामी तपाईहरुलाई यूनाका श्रीमानसँग मिलाउँदैछौं । नेपाली भूमीका अमेरिकाबासी डाक्टर विकास अधिकारी यूनाका श्रीमान हुन् । विकासले जीव रसायनमा अमेरिकाबाट पिएचडी सकाएका छन् । बैबाहिक सम्बन्धमा बाँधिएको केही बर्ष वितेपनि यूना र विकास आमाबुबा भने बनेका छैनन् । 
 
 
आफूले अभिनय गरेका फिल्महरु हिटभन्दा धेरै फल्प हुन थालेपछि यूनाले पनि नेपालका धेरै पुराना अभिनेत्रीहरुले रोजेको बाटो समात्दै अमेरिका हानिइन् । अब सायदै यो नहोला कि यूनाको कमब्याक दर्शकहरुले हेर्न पाउनेछन् । उनी अब फिल्मको पर्दामा फर्किएर रमाउने सोचमा छैनन् बरु गृहस्थी जीवनलाई नै सुखद कसरी बनाउने यसैमा तल्लिन छिन् ।
 

 

Most Visited News (monthly)