Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरविना कार्की : 'झेली' ले झेल गर्‍यो

मनिष अन्जान, काठमाण्डौ, 2017/06/10
हेर्नेहरुका लागि रंगीन छ नेपाली फिल्म क्षेत्र । चारै तिर मिडियाको क्यामेरा अनि अटोग्राफका लागि फ्यानको लाग्ने भिड देख्दा जो कोहीँ फिल्मको स्टार बन्ने सपना बुन्छन् । तर, बाहिर देखे जस्तो विल्कुलै छैन यो क्षेत्र । यहाँ आफूलाई टिकाइराख्नु नै सबैभन्दा ठूलो चुनौती हो । कहाँ कति खेर करिअर डामाडोल हुन्छ त्यसको हेक्का समेत हुँदैन । अझ, भर्खरै फिल्ममा प्रवेश गर्ने नायक-नायिकाहरु कता जाने र कस्तो काम गर्ने भन्ने रोज्न जान्दैनन् । करिअरको सुरुवातमा लिएको एउटा गलत निर्णयले एक कलाकारको करिअर कतिसम्म हरिविजोग हुन्छ भन्ने नायिका सुरविना कार्कीलाई हेर्दा पनि प्रष्ट हुन्छ । सुरविनालाई पहिलो फिल्म 'झेली' गर्दा लाग्थ्यो 'अब म स्टार भएँ किन अरुसँग बोल्नु ?' तर, 'झेली' ले उनको करिअरलाई नै झेल गर्‍यो । 
 
'झेली' मा काम गरेको बखत 'अब मैले फिल्म खेलिहाले, जो पायो त्यहीसँग किन बोल्नु ?' उनले मान्छेलाई मान्छे पनि गन्न छाडेकी थिइन् तर 'झेली' रिलिज भएपछि उनलाई थाहा भयो कि अब आफूलाई चाहीँ कसैले मान्छे नगन्ने भए । कतिका लागि पहिलो फिल्म नै करिअर मस्काउने जादूको छडी बन्छ त कतिको पहिलो फिल्मले नै करिअरमा पूर्णविराम लगाइदिन्छ । नायिका सुरविनका लागि पहिलो फिल्म नै करिअर अगाडि बढ्न नसक्ने तिखो काँडा भएर उम्रियो । हुनत, उनले 'झेली' पछि झण्डै आधा दर्जन फिल्ममा काम गरिन् तर यी सबै फिल्म उठ्न नसक्ने गरि असफल भए ।
 
कमजोर अभिनय तर हट दृश्यका कारण सुरविना फिल्म 'झेली' रिलिजताका खुबै चर्चामा थिइन् तर यो चर्चाले उनलाई सुखद समाचार भने दिएन । 'लुकामारी', 'सुश्री', 'होमवोर्क' लगायतका फिल्ममा काम गरेकी सुरविनाको नयाँ फिल्म ‘चर्खा’ रिलिजको तयारीमा छ । सुरविनालाई फिल्म 'झेली' कै कारण अहिले राम्रो ब्यानरबाट फिल्मको अफर आएका छैनन् । अब राम्रो ब्यानर र उत्कृष्ट कथावस्तु भएको फिल्म मात्र गर्छु भनेर बसेकी सुरविनालाई कसले अफर गर्ला ? पत्याउलान् निर्माताले ? अब यो त समयले देखाउनेछ ।
 
Most Visited News (monthly)