.jpg)
बलीउड अभिनेत्री श्रीदेवी अहिले आफ्नो नयाँ फिल्म 'मम'को प्रमोशनमा व्यस्त छिन् । उनलाई बक्स अफिसमा इतिहास रच्न सफल फिल्म 'बाहुबली'मा शिवगामीको रोलको अफर गरिएको थियो, जसलाई उनले अस्वीकार गरेकी थिइन् । यसपछि यो रोल राम्या कृष्णनलाई दिइएको थियो ।
फिल्म ‘बाहुबली २’ हिट भएपछि यो प्रश्न उठिरहेको छ कि आखिर श्रीदेवीले यति दमदार भूमिकालाई किन स्वीकार गरिनन् ? हालैमा श्रीदेवीसँग यसबारेमा पत्रकारहरुले प्रश्न तेर्साएका थिए र उनले पनि निकै राम्रो जवाफ फर्काएकी छिन् । श्रीदेवीले भनिन्, ‘फिल्म बनिसक्यो र कोहिँ अरुले नै यो भूमिका निर्वाहा गरिसक्नुभएको छ । फिल्म बक्स अफिसमा सुपरहिट भएको छ त्यसैले अहिले यी सबै कुरा गर्नुको फाइदा छैन् ।'
त्यस्तै, फिल्मका डायरेक्टर एसएस राजमौलीले भनेका थिए कि श्रीदेवीले यसकारण यो रोल गर्न अस्वीकार गरेकी थिइन् किनकी मेकर्सले श्रीदेवीले माग गरेको पारिश्रमिक दिन तयार भएनन् । यो बारेमा श्रीदेवीसँग त्यस समय प्रश्न गरिएको थियो जब उनी आफ्नो नयाँ फिल्म 'मम' को प्रमोशन गरिरहेकी थिइन् । श्रीदेवीको फिल्म 'मम' ७ जुलाईमा रिलिज हुँदैछ ।

