Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेपछि कता ऋचा ?

मनिष अन्जान, काठमाण्डौ, 2017/06/10
कुनै समयकी ब्यस्त नायिकाको रुपमा चिनिन्थिन् ऋचा सिंह ठकुरी । दर्जन बढी फिल्ममा काम गरेर पनि अहिले ऋचा गुमनाम जस्तै छिन् । 'नाइँ नभन्नू ल' को पहिलो श्रृंखलाकी नायिका ऋचा गजेन्द्र थापासँग विवाह गरेपछि नेपाली फिल्मबाट टाढा बनेकी हुन् । ऋचा विशेषतः निर्माता, निर्देशक एवं लेखक विकास आचार्यको ब्यानरका फिल्म ‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’ बाट दर्शकहरुको आँखामा पर्न सफल भएकी थिइन् । 
 
बिहेपछि घरजममा नै व्यस्त ऋचाले आफ्नो श्रीमान् सँग मिलेर फिल्म ‘सुपर गोर्खे’ निर्माण गरेकी छिन् । यो फिल्मको छायांकन सम्पन्न भएपनि अहिलेसम्म रिलिज कन्फर्म भएको छैन् । यो फिल्ममा ऋचा आफैले मुख्य भूमिका निर्वाहा गरेकी छिन् । 'नाइँ नभन्नु ल' बाहेक अन्य फिल्महरुले करिअर अगाडि बढाउनुको सट्टा झन चौपट बनाउँदै गएपछि उनले गजेन्द्र थापासँगको प्रेमलाई विवाहमा परिणत गरेकी थिइन् । हुनत, विवाहपछि नेपालका धेरै नायिकाहरु गुमनाम भैरहेको अवस्थामा ऋचाले पनि यही बाटो रोज्नु अनौठो होइन तर विवाहपछि पनि आफ्नै लगानीमा फिल्म निर्माण गरेका कारण उनको कमब्याकलाई लिएर दर्शकहरु पनि निकै उत्साहित छन् । 
 
'खुड्किलो', 'मन पराएँ माया लाएँ', 'मनमनै मन पराएँ', 'नबोले नि हाँसी राख न', 'माया गर ल', 'धड्कन' लगायतका फिल्ममा काम गरेकी ऋचालाई विवाहपछि पनि निर्माताहरुले स्क्रिप्ट बोकेर नखोजेका होइनन् तर मोवाइनल नम्बर नै परिवर्तन गरेका कारण उनको ठेगाना कसैको हातमा पर्न सकेन । ऋचालाई फेरि पनि ठूलो पर्दामा हेर्न चाहने दर्शकहरु हजारौं छन् तर विवाहपछि गुमनाम बन्दा कतै उनी पनि फिल्म क्षेत्रबाट पलायन त भइनन् भन्ने बहस पनि सिनेवृतमा चल्न थालेको छ । अब यो त समयले नै बताउनेछ कि ऋचाको कमब्याक कहिँले हुन्छ ?
 
Most Visited News (monthly)