Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जब ह्यारी मेट सेजल’ मा शाहरुख र अनुष्का

एजेन्सी, मुम्बई, 2017/06/10
बलीउडका सुपरस्टार शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्मको नाम फाइनल भएको छ । हालैमा सोसल मिडियामा यो फिल्मको नाम घोषणा गरिएको हो । फिल्मको नाम ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । नाम घोषणासँगै यो फिल्मको रिलिज डेट पनि पोस्टपोन्ड भएको छ । अब यो फिल्म चार अगस्टमा रिलिज हुनेछ ।  
 
पहिला यो फिल्मको भिडन्त अक्षय कुमारको ‘टोइलेट – एक प्रेम कथा’ सँग बक्सअफिसमा हुने फाइनल भएको थियो । यी दुई फिल्म २ जूनमा रिलिज हुने तयारीमा थिए । बिहीवार
शाहरूख खान र अनुष्का शर्माले पनि आफ्नो सोसल मिडियाबाट फिल्मको पोष्टर सार्वजनिक गरे । 
 
यो रोमान्टिक फिल्मको छायांकन प्राग, एम्सटर्डम, लिस्बन र बुडापेस्टमा हुनेछ । अनुष्का र शाहरुख तेस्रो पटक यो फिल्ममा काम गर्दैछन् । यो भन्दा पहिला यी दुईले ‘रब ने बना दी जोडी’ र ‘जब तक है जान’ फिल्ममा काम गरिसकेका छन् । ‘जब ह्यारी मेट सेजल’ ७ अगस्तमा रक्षाबन्धनको दिन रिलिज हुँदैछ । अगष्ट ४ र अगष्ट ७ मा सार्वजनिक बिदा रहेकाले पनि ‘जब ह्यारी मेट सेजल’लाई फाइदा हुनेछ ।
 
Most Visited News (monthly)