Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पल र पूजाको 'म यस्तो गीत गाउँछु' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/06/09
वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत' को र्शिष गीत सापटी लिएर निर्माण भएको पल शाह र पूजा शर्मा स्टारर फिल्म 'म यस्तो गीत गाउँछु' को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विशेषत पल र पूजाको प्रेम र रोमान्सको पाटोलाई देखाउन खोजिएको छ । 
 
त्यस्तै, लोकेशन, सम्पादन र छायांकनले उत्कृष्ट बनेको ट्रेलरबाटै फिल्मको मेकिङ स्पष्ट झल्किन्छ । ट्रेलरमा पल र पूजाको केमेष्ट्री पनि निकै सुहाएको छ । यसअघि फिल्मको 'भन्छु आज' बोलको गीतले बजारमा उधुम मच्चाइरहेको अवस्थामा ट्रेलरले पनि फिल्मलाई झन प्रतिक्षित बनाएको छ । 
 
पूजा र पलका अलवा फिल्म 'म यस्तो गीत गाउँछु' मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ । 
 
ट्रेलर:
Most Visited News (monthly)