
एक पटक फेरी पर्दामा ‘बाहुबली २’ को सुपरहिट जोडी एकसाथ देखिने फाइनल भएको छ । फ्यानहरुका लागि खुशीको खबर छ कि प्रभासको नयाँ फिल्म 'साहो'मा अनुष्का शेट्टीको नाम कन्फर्म भएको छ । पहिला यस्तो खबर आएको थियो कि यो फिल्ममा प्रभासको अपोजिटमा कैटरीना कैफ देखिनेछिन् । तर, अब कैटरीनालाई अनुष्काले रिप्लेस गरेकी छिन् । अब पर्दामा फेरी एकपटक प्रभास र अनुष्काले एकसाथ रोमान्स गर्नेछन् ।
'बाहुबली २' मा प्रभास र अनुष्काको जोडीलाई निकै रुचाइएको थियो । यही कारण हो कि 'साहो' को मेकर्सले यो जोडीलाई फेरी एकपटक पर्दामा उतार्ने प्रयास गरेका छन् । ‘बाहुबली २’ को रिलिजसँगै ‘साहो’ फिल्मको टीजर रिलिज गरिएको थियो । ‘साहो’ को बजेट १५० करोड रहेको छ भने हिन्दी, तेलुगू, मलयालम र तमिलमा रिलिज हुनेछ ।

