Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.00/5.00)
Text size:-
+
-

५३ वर्षमा राजेश हमाल, तश्वीरमा हेर्नूस् हमाल र मधुको पहिलो-पहिलो भेट

फिल्मीखबर, काठमाडौं, 2017/06/09
'महानायक' को उपाधि पाएका नायक राजेश हमाल केही महिनायता फिल्मी पर्दाबाट केही टाढा छन् । संभवतः यसै वर्षभित्र आफ्नै लगानी र निर्देशनमा उनले नयाँ फिल्मको घोषणा गर्दैछन् । केही महिनादेखि देश र विदेशमा हुने गरेका विभिन्न कार्यक्रमहरुमा व्यस्त हमाल तत्काल कुनै पनि फिल्म साइन नगर्ने सोचमा रहेको स्रोत बताउँछ । 
 
उनी अभिनित फिल्म 'शकुन्तला' गएको वर्षको भदौमा रिलिज भएको थियो तर यो फिल्म घरेलू बजारमा नराम्रोसँग पछारियो । हुनत, हमाल अभिनित पछिल्ला केही फिल्महरुले व्यावसायिक सफलता हात पार्न सकेका छैनन् । सायद यसैले पनि हुन सक्छ हमाल अब आफ्नै निर्देशनमा फिल्म निर्माण गर्दैछन् ।
 
 
केही महिना अगाडि गाइँगुइँ हल्ला चलेको थियो कि हमाल पूर्वपत्रकार रविन्द्र मिश्रको साझा पार्टीमा ज्वाई हुँदैछन् तर पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेको झण्डा बोक्दै आफ्नो हितेशी मित्रलाई जिताउन गल्ली-गल्ली डुलेपछि उनी एमालेको रहेको चर्चा अहिले सिनेवृतमा हट केक बनिरहेको छ । तर, यस विषयमा अहिलेसम्म हमालले मुख भने खोलेका छैनन् । 
 
कुनै समय मोवाइल समेत नबोक्ने हमालको हातमा अहिले एकछिन पनि मोवाइल टुट्दैन । यतिमात्र होइन अहिले हमाल आफ्नो आधिकारीक फेसबुकमा दैनिक जसो नै तश्वीर र स्टाटसहरु पोष्ट गरिरहेका हुन्छन् । कहिले काहिँ उनले लेखेका स्टाटसहरुले नेपाली राजनीतिमा समेत ठूलो तरंग उत्पन्न गर्ने गरेका छन् । 
 
 
हालैमा हमालले आफ्नो फेसबुकमा श्रीमति मधु भट्टराईसँगका केही तश्वीरहरु शेयर गरेका छन् । यी तश्वीहरु हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि हमाल र मधु यो बेला भर्खर-भर्खर प्रेममा थिए । यी तश्वीरहरु निकै पुरानो रहेको तपाईहरु पनि अडकल काट्न सक्नुहुन्छ । तश्वीरसँगै उनले एक क्याप्सन पनि लेखेका छन्, 'पहिलो पहिलो भेट ।' 
 
सायद यही भेट थियो मधुको प्रेममा हमाल नौंनी झै पग्लिएका थिए । ५० वर्षको हाराहारीमा विवाह गरेका हमालले आफूभन्दा झण्डै २० वर्षकान्छी मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । भेट भएको १० वर्षपछि उनीहरूको बिहे भएको हो । केही वर्ष अगाडिसम्म विवाह कहिले गर्नुहुन्छ भन्ने प्रश्नले वाक्कदिक्क भएका हमाल अहिले पिता कहिले बन्नुहुन्छ भन्नेृ प्रश्नले पनि उतिक्कै हैरान भैरहेका छन् ।
 
राजेश हमाल लागे ५३ वर्षमा 
नेपाली फिल्मका सुपरस्टार राजेश हमाल शुक्रवारदेखि ५३ वर्षमा लागेका छन् । वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनयमा प्रवेश गरेका थिए । आफ्नै मामा स्व.दीपक रायमाझी निर्देशित फिल्म ‘युगदेखि युगसम्म’ बाट फिचर फिल्ममा प्रवेश गरेका हमालले पहिलो सिनेमाबाटै अत्याधिक चर्चा पाए । दुई सय बढी फिल्ममा अभिनय गरेका हमालका तारिफ पाउने खालका फिल्महरु भने सार्‍है थोरै छन् । 
Most Visited News (monthly)