
गएको केही वर्षयता कमै नेपाली फिल्मले मात्र सोलो रिलिजको मौका पाएका छन् । यस वर्षको सुरुवात अर्थात बैशाख १ गतेदेखि सिनेमाको रिलिज क्यालेन्डर पल्टाउने हो भने प्रत्येक हप्ताको शुक्रवार दुईको आसपासमा नेपाली फिल्महरु रिलिज भैरहेका छन् । गएको शुक्रवार 'जालो' र 'रातो घर' ले प्रदर्शन आरम्भ गरेका थिए । अब यस हप्ताको शुक्रवार अर्थात आजबाट फेरी अर्का दुई फिल्मले सिनेमा हलमा प्रदर्शन सुरु गरेका छन् । 'लाल्टिन' र 'आधा लभ' ले आजबाट प्रदर्शन आएका हुन् । दुई फरक जनराका फिल्म 'लाल्टिन' र 'आधा लभ' मध्ये अब हेर्न यो बाँकी छ कि सफलता कसको पोल्टामा पर्ने हो ?
आउनुहोस्, 'लाल्टिन' र 'आधा लभ' को बारेमा चर्चा गरौं :-
'लाल्टिन'
अपराधिक घट्नामा आधारित भएर निर्माण भएको फिल्म हो, 'लाल्टिन' । देव कुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, मेलिना मानन्धर लगायतको अभिनय रहेको छ। यस फिल्ममा निर्जन थापा र राज कटुवालले डेब्यू गर्दैछन्। फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
'आधा लभ'
ऋचा शर्मालाई पहिलो पटक निर्मात्री बनाएको फिल्म हो, 'आधा लभ' । मानिसको जीवनमा आउने अनेकौं दुख र संघर्षको कथा बोल्ने 'आधा लभ' मा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङलगायतले अभिनय गरेका छन्। शिसन बानियाँले खिचेको फिल्ममा सुजिल कर्माचार्यले संगीत दिएका छन्। निमेष श्रेष्ठले फिल्मको सम्पादन गरेका हुन्। फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

