Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २' को 'विस्तारै-विस्तारै' गीत रिलिज, सुहायो प्रदीप र अश्लेषाको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/08
वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' अब रिलिजको तयारीमा छ । साउन १३ गतेलाई रिलिज डेट लक गरिएको 'प्रेमगीत २' को दुई गीत सार्वजनिक समेत भैसकेका छन् ।  गीतबाट नै यसवर्षको प्रतिक्षित सिनेमाको रुपमा हेरिएको 'प्रेमगीत २' को तेस्रो गीत रिलिज भएको छ । 'विस्तारै-विस्तारै' बोलको गीतमा रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर छ । 
 
गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतको भिडियोमा प्रदीप र अश्लेषाको केमेष्ट्री गजबको देख्न सकिन्छ । आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । पटकथा पनि पाठककै हो । यो फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ । 
 
Most Visited News (monthly)