.jpg)
फिल्मको पर्दामा धेरै पटक आमा बनेकी नायिका रेजिना उप्रेती गएको वर्षको मंसीरमा रियल लाइफमै छोरीकी आमा बनिन् । सुरज पोखरेलसँग विवाह गरेपछि फिल्मी पर्दाबाट टाढा रहेकी रेजिना अहिले घर गृहस्थी जीवनलाई नै सुखद बनाउन तल्लिन छिन् । अझ, छोरीकी आमा बनेपछि अहिले सन्तानको रेखदेखमा नै उनको दैनिकी वित्ने गरेको छ ।
लामो समय प्रेमसम्बन्धमा रहेपछि रेजिना र सुरजले आजभन्दा ४ बर्ष अगाडि विवाह गरेका थिए । सयको आसपासमा नेपाली फिल्ममा काम गरेकी रेजिना एक समयकी सर्वाधिक व्यस्त नायिका हुन् । फिल्ममा बोल्ड सिनदेखि सोझी गाउँकी यूवतीको भूमिकासम्म निर्वाहा गरेकी रेजिनाको छोरीको नाम रिभा उप्रेती हो । सामाजिक सञ्जालमा खासै सक्रिय नहने रेजिनाले छोरीसँगका केही तश्वीरहरु आफ्नो फेसबुकमा शेयर गरेकी छिन् ।
.jpg)
सुरजसँग विवाह गरेपछि चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा निर्वाचत भएकी रेजिनाले आफ्नै लगानीमा फिल्म निर्माण गर्ने समेत बताएकी थिइन् तर छोरीलाई जन्मदिएपछि अब उनी पुनः फिल्ममा फर्किने मनसायमा देखिएकी छैनन् । रेजिनाले आफ्नै लगानीमा 'वरदान' निर्माण गरेकी थिइन् तर यो फिल्मबाट उनले खल्तीभरी पैसा हाल्न सकिनन् । आफू अभिनित फिल्महरु लगातार असफल हुँदा अहिले रेजिनालाई आफ्नो फिल्ममा लिएर निर्माताहरु जोखिम मोल्न चाहन्नन् । त्यसैले पनि केही वर्षदेखि नेपाली फिल्ममा रेजिनाको कमब्याक हुन सकेको छैन् ।
(1).jpg)

