Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पोखराकी काली' निशा, 'काले' गजित

फिल्मीखबर, काठमाडौं, 2017/06/08
७ वर्षपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल फिल्म 'रुद्र प्रिया' मा देखिन लागेको चर्चा चुलिरहँदा फेरी अर्को जोडीले सात वर्षपछि एउटै फिल्ममा काम गरेका छन् । त्यो जोडी हो नायिका निशा अधिकारी र नायक गजित विष्ट । फिल्म 'पोखराकी काली' मा निशा अधिकारी र गजित विष्टले अनस्क्रिन रोमान्स गर्दैछन् । यो जोडीले यसअघि फिल्म 'मायाज बार' मा एकसाथ काम गरेका थिए । 
 
विमल पौडेलको लेखन तथा निर्देशन रहेको 'पोखराकी काली' को अहिले चितवनमा छायांकन भैरहेको छ । कमेडी प्रधान बताइएको फिल्ममा निशा र गजितको अलावा सरोज खनाल, लय संगौला, सुबास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, बिरेन डिसी, पुष्प आचार्य, गणेश गिरि, सुसान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
 
 
फिल्मको विषयमा जानकारी दिँदै निर्देशक विमल पौडेलले भने, 'पोखराबाट आएकी चितवनमा बस्ने एक यूवती (निशा अधिकारी) को वरिपरी फिल्मको कथावस्तु घुमेको छ । निशालाई गजित विष्टदेखि सरोज खनालसम्मले मनपराउँछन् । निशा भने चितवनमा एक मिसनका लागि आएकी हुन्छिन् तर उनलाई त्यहाँ सबैले पोखराकी काली भनेर बोलाउँछन् ।' उनका अनुसार, फिल्ममा काली निशा र गजित कालेको भूमिकामा छन् । 
 
रेड हाउसको ब्यानरमा निर्माण गरिएको 'पोखराकी काली' लाई डा.विश्वास (अमित )ले निर्माण गरेका हुन् । फिल्ममा संचारकर्मी रवि अधिकारी कास्टिङ डिरेक्टरको रुपमा रहेका छन् ।  विपिन आचार्यको संगीत, कमल राईको नृत्य, लक्ष्मण घिमिरेको छायांकन रहने यस फिल्ममा द्वन्द्व निर्देशन रवि बराली र प्रकाश कर्माचार्यको रहेको छ । 
Most Visited News (monthly)