Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

टाइगर श्राफको 'मुन्ना माइकल' को ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/06/06
टाइगर श्राफको नयाँ फिल्म 'मुन्ना माइकल' को ट्रेलर रिलिज भएको छ । 'मुन्ना माइकल' भारतको पहिलो एक्शन-ड्रान्स फिल्म हो । टाइगरलाई यो फिल्ममा माइकल ज्याकसनलाई श्रद्धान्जलि दिँदै गरेको देख्न सकिनेछ । ट्रेलरको शुरुआत माइकलबाट हुन्छ । ट्रेलरमा टाइगरको जबरजस्त एक्शन देख्न सकिन्छ । पहिलो पटक नवाजुद्दीन सिद्धीकी एक्शन-म्यूजिक फिल्ममा देखिँदैछन् । यो फिल्ममा नवाज भिलेन बनेका छन् । ट्रेलरको एक सिनमा टाइगर, नवाजलाई डान्स सिकाउँदै गरेको पनि देख्न सकिन्छ ।  
 
यो फिल्मका निर्देशक सब्बीर खान हुन् । फिल्ममा टाइगरले माइकल ज्याकसनको एक ठूलो फ्यानको भूमिका निर्वाहा गरेका छन्, जसको बाल्यवस्था मुम्बईको सडकमा वितेको हुन्छ । यो फिल्ममा टाइगरसँग डेब्यू गर्दैछिन् निधी अग्रवाल । यो फिल्म २१ जुलाईमा रिलिज हुँदैछ ।
 
Most Visited News (monthly)