Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ ८ मा वेनिशा र सौगातको 'झ्यानाकुटी'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/06
नायिका निशा अधिकारी पहिलो पटक निर्मात्री बनेको फिल्म 'झ्यानाकुटी' को रिलिज डेट कन्फर्म गरिएको छ । अब यो फिल्म अनमोल केसी स्टारर फिल्म 'कृ' सँग भदौ ८ गते एकसाथ हलहरुमा लाग्नेछ । अहिलेसम्म छायांकन नसकिएका कारण 'कृ' रिलिज असोजमा पुग्ने आँटकाट देखिएपछि नायिका निशा अधिकारीले आफ्नो फिल्मको रिलिज भदौ ८ गतेलाई फाइनल गरेकी हुन् । अनमोल केसी अभिनित फिल्म 'कृ' भदौ ८ मा रिलिज हुने भनिएका कारण यो मिति प्रत्येक दर्शकहरुलाई कण्ठ भैसकेको छ । यसैको फाइदा नायिका निशा अधिकारी उठाउँदैछिन् । 
 
फिल्म 'झ्यानाकुटी' को रिलिज मिति घोषणासँगै फस्टलुक पोष्टर पनि आउट भएको छ । पोष्टरमा नायिका वेनिशा हमालले नायक सौगात मल्ललाई काँधमा बोकेकी छिन् । सिउँदोमा सिन्दुर लगाएकी वेनिशाको पोष्टरमा एङग्री रुप देख्न सकिन्छ । पोष्टरबाटै यो अनुमान लगाउन सकिन्छ कि फिल्ममा वेनिशाको भूमिका बलियो छ । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात र वेनिशाका अलावा कर्माको पनि मुख्य भूमिका छ । फिल्म निर्माणमा निशालाई निर्देशक सुनुवारले सघाएका छन् । 
 
Most Visited News (monthly)