Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमल हासनले दिए फिल्म छाड्ने धम्की

एजेन्सी, मुम्बई, 2017/06/05
जीएसटीलाई लिएर साउथका सुपरस्टार कमल हासनले हालैमा आफ्नो विचार राखेका छन् । कमल हासनले भने, 'जीएसटी बिलले फिल्म इन्डस्ट्रीलाई तहसनहस गर्नेछ । यदी यसो भए म फिल्म इन्डस्ट्री छाड्ने छु ।'  
 
कमल हासनले वित्त मन्त्री अरुण जेटलीसँग एक भेटको क्रममा भने, 'सिनेमा टिकटमा जीएसटीको दर १२ देखि १५ प्रतिशत राख्नु पर्छ यदी यस्तो भएन भने फिल्म इन्डस्ट्रीलाई निकै ठूलो नोकसान हुनेछ । नोटबन्दी कालो धनलाई हटाउनका लागि गरिएको थियो तर जीएसटीले हामीलाई दुई कदम पछाडि नै लैजानेछ । यसको असर रीजनल फिल्मको मार्केटमा पर्न सक्छ । अहिले मराठी, तेलुगु, बंगाली, कन्नड भाषाको फिल्मको टिकटमा १० देखि १५ प्रतिशत ट्याक्स लाग्छ ।' 
 
उनले अगाडि भने, 'वर्तमान दरमा म यति कर तिर्न सक्दिन र मलाई बाहिर निस्किन मजबूर हुनु पर्नेछ । हलीवुड, बलीवुड र क्षेत्रीय सिनेमामा एकै किसिमबाट कर लगाउन सकिन्न् ।'
 
Most Visited News (monthly)