Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'परदेशी' पछि गुमनाम प्रशान्त

मनिष अन्जान, काठमाण्डौ, 2017/06/05
गायक मात्र होइन एक सफल नायक पनि हुन प्रशान्त तामाङ । भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण भएको 'ईण्डियन आइडल २००७' को विजेता भएपछि प्रशान्तलाई नेपालले मात्र होइन विश्वले चिन्यो । भारतको दार्जीलिङको तुङ्सुङमा जन्मिएका प्रशान्त 'ईण्डियन आइडल' को विजेता बन्नुभन्दा अगाडि देखिनै भारतीय प्रहरीका जवान थिए । तर, कलकत्ता पुलिसले तामाङ 'इन्डियन आइडल' भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै वर्ष २०७१ मा उनलाई बर्खास्त गर्यो । त्यसपछि उनले गायनलाई नै प्राथमिकता दिँदै आइरहेका छन् । 
 
गायनसँगै उनले झण्डै आधा दर्जन नेपाली सिनेमामा समेत काम गरेका छन् । 'धड्कन', 'किन मायामा', 'निशानी', 'अंगालो यो मायाको', 'परदेशी', 'गोर्खा पल्टन' मा उनले मुख्य भूमिका निर्वाहा गरेका थिए । यी मध्ये 'गोर्खा पल्टन' र 'परदेशी' सुपरहिट फिल्मको सूचीमा दर्ता छन् । गायनसँगै अभिनयमा पनि आफ्नो अब्लल अभिनय प्रस्तुत गरेका प्रशान्तलाई अन्तिम पटक फिल्म 'परदेशी' मा देखिएको थियो तर यसपछि उनले कुनै पनि नेपाली फिल्म साइन गरेका छैनन् । 'परदेशी' हिट भएपछि अहिले प्रशान्त विभिन्न देशहरुमा हुने सांगीतिक टूरमा नै व्यस्त छन् । प्रशान्तले अन्तिम पटक फिल्म 'परदेशी' मा समाबेश 'बिछोडको करौँतिले' र 'कुरा खाट्टी हो' गीतमा स्वर भरेका थिए तर यसपछि उनको आवाजमा भरिएका गीतहरु बजारमा आएका छैनन् । 
 
किन नेपाली गीत-संगीत र फिल्मबाट टाढा हुँदैछन् प्रशान्त ? वर्ष २०७२ मा रिलिज भएको फिल्म 'परदेशी' पछि अहिले यो प्रश्न उनका प्रशंसकहरुको मनमा उब्जिरहेको छ । अब यसको जवाफ त प्रशान्तले नै दिनेछन् । 'अरे क्यानम', 'मन साईली', ''असारे महिनामा', 'रातो रानी' लगायतका दर्जनौं हिट गीत दिएका प्रशान्तलाई फेरी नेपाली गीतमा आवाज भरेको सुन्न चाहने प्रशंसकहरु लाखौं  छन् । अनि फेरी 'गोर्खा पल्टन' भन्दै फिल्मको पर्दामा हिरोइनलाई अंगालोमा बेरेको हेर्न चाहनेहरु पनि कम्ता छैनन् । अब आफ्ना प्रशंसकहरुको यो चाहना प्रशान्तले कहिले पूरा गर्छन् त्यो त समयले नै देखाउनेछ ।
 
Most Visited News (monthly)