
बलीउडकी चर्चित अभिनेत्री श्रीदेवीको नयाँ फिल्म 'मम' को ट्रेलर रिलिज भएको छ । श्रीदेवीले यो फिल्मबाट ५ वर्षपछि कमब्याक गर्न लागेकी हुन् । यसअघि उनलाई फिल्म ‘इंग्लिश विंग्लिश’ मा देखिएको थियो । यो फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकीको पनि मुख्य भूमिका छ । फिल्ममा नवाजुद्दीन आफ्नो लुक्सलाई लिएर चर्चामा छन् । फिल्मको ट्रेलरमा समाबेश केही डाइलगहरु निकै घतलाग्दा छन् । एक सीनमा श्रीदेवी भन्छिन्, 'भागवान हरेक ठाउँमा हुँदैनन्' र यसको जवाफ दिँदै नवाजुद्दीन भन्छन्, 'त्यसैले त उसले आमा बनाएको हो ।'
नवाजुद्दीन सिद्दीकीको अलवा फिल्ममा अभिनेता अक्षय खन्ना पनि छन् । यो फिल्म ७ जुलाईमा रिलिज हुँदैछ । रवि उदयवार द्वारा निर्देशित यो फिल्मलाई श्रीदेवीका पति बोनी कपूर र जी स्टूडियोले संयूक्त रुपमा निर्माण गरेको हो । फिल्मको संगीत ओस्कर विजेता एआर रहमानले दिएका छन् ।

