Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फाटेको जुत्ता' मा यस्ती प्रियंका !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/04
अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन् प्रियंका कार्की । आफू अभिनित फिल्महरु सफल वा असफल जे भएपनि उनको व्यस्ततामा अहिलेसम्म कमी आएको छैन् । एक फिल्मको छायांकन सकाएको दिनपनि वित्न नपाउँदै उनको हातमा अर्को फिल्म लाइनमा बसेको हुन्छ ।
 
अहिले प्रियंकाले दुई फिल्मको छायांकन एकसाथ गरिरहेकी छिन् । केही दिन अगाडि 'छक्का पन्जा २' का लागि आफ्नो भागको सिन दिएर फर्किएकी प्रियंका अहिले विरगञ्जमा नयाँ फिल्म 'फाटेको जुत्ता' मा व्यस्त छिन् । यो फिल्ममा प्रियंका र सौगात मल्लको मुख्य भूमिका छ । फिल्ममा नायिका बर्षा राउतको पनि कमियो छ । 
 
'छक्का पन्जा २' मा नायिका स्वस्तिमा खड्काकी आमा बन्दा साडी चोलीमा देखिएकी प्रियंकाको लुक्स हामीले केही दिन अगाडि सार्वजनिक गरेका थियौं । यस्तैमा तपाईहरुलाई 'फाटेको जुत्ता' मा चाहिँ प्रियंकाको लुक्स कस्तो होला भन्ने जिज्ञासा उब्जिरहेको होला । हालैमा प्रियंकाले इन्टाग्राममा आफ्नो एक तश्वीर शेयर गरेकी छिन्, जसमा प्रियंकाको लुक्स विल्कुलै फरक देख्न सकिन्छ ।
 
'फाटेको जुत्ता' को सेटमा खिचिएको तश्वीरमा प्रियंकालाई एक साधारण गाउँकी यूवतीको भेषमा देखिएको छ । तराई क्षेत्रका साधारण यूवतीले लगाउने कुर्था सुरुवालमा देखिएकी प्रियंकाको कपालको स्टाइल भने फरक छ । निकेश खड्काको निर्देशन रहेको फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १७ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
 
Most Visited News (monthly)