Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पर्दामा फेरी सलमान र ज्याकलीनको जोडी

एजेन्सी, मुम्बई, 2017/06/04
बलीउड अभिनेत्री ज्याकलीन फर्नान्डेस दबंग स्टार सलमान खानसँग फेरी एक फिल्ममा काम गर्ने भएकी छिन् । सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘ट्यूबलाइट’र ‘टाइगर जिन्दा हैं’ को काममा व्यस्त छन् । ‘ट्यूबलाइट’ ईदमा रिलिज हुँदैछ भने ‘टाइगर जिन्दा है’ को अहिले सुटिंग भैरहेको छ । अहिले चर्चा छ कि सलमान रेमो डियूजाको नयाँ फिल्ममा काम गर्दैछन् । खबरका अनुसार, सलमानले यो फिल्म साइन गरे ज्याकलीन पनि मुख्य भूमिकामा अनुवन्धित हुने लगभग पक्कापक्की भैसकेको छ । रेमो डिसूजाको नयाँ डान्स फिल्ममा सलमान पहिलो पटक एक डान्सरको भूमिकामा देखिनेछन् । 
 
सबै कुरा सही भएको खण्डमा ज्याकलीन र सलमानको यो दोस्रो फिल्म हुनेछ । यसअघि यी दुईले  ‘किक’ मा एकसाथ काम गरेका थिए । सलमान र ज्याकलीनको जोडीलाई यो फिल्ममा निकै रुचाइएको थियो । रेमोले ज्याकलीनसँग फिल्मको विषयमा कुराकानी गरिसकेका छन् र उनलाई पनि फिल्मको स्क्रिप्ट चित्त बुझेको छ । अहिले ज्याकलीन लन्डनमा आफ्नो नयाँ फिल्म ‘जुड़वा २’ को सुटिंगमा व्यस्त छिन् ।
 
Most Visited News (monthly)