मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शव चिर्ने मान्छेको कथामा 'भूईँमान्छे'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/02
शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित भएर निर्माण भएको फिल्म 'भूईँमान्छे' ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको रिलिज डेट घोषणा र टीजर सार्वजनिक गरियो । निर्माणपक्षले गरेको घोषणा अनुसार, यो फिल्म साउन २० गतेबाट अलनेपाल रिलिज हुँदैछ । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 
 
'शवलाई चिर्ने मान्छेको पनि आफ्नै जिन्दगी हुन्छ र उसले समाजबाट अपेक्षित ब्यबहार नपाउदा आउने परिस्थिति र त्यसमा खेल्ने मनोविज्ञानमा फिल्म आधारित छ ।', कार्यक्रममा बोल्दै फिल्मका निर्देशक नवराज बुढाथोकीले भने । रमेश बुढाथोकीले पनि आफूले अभिनय गरेका अन्य फिल्म भन्दा 'भूईँमान्छे' फरक रहेको बताए । 
 
 
विदुर पाण्डेले खिचेको यो फिल्ममा अर्जुन पोखरेल र देवेन्द्र राई संगीत, काम कमल राई र कविराज गहतराजको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्मका कार्यकारी निर्माता रोहिणी भट्टराइ हुन् भने सहायक निर्मातामा निरुपा राज्य लक्ष्मी थापा र हरि यादव छन् । फिल्म 'भूईँमान्छे' ले आफ्नो रिलिज डेट लक गरेको साउन २० गते नायक निखिल उप्रेती अभिनित फिल्म 'रुद्र' पनि रिलिज हुँदैछ ।