मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

विकास बोर्डले बनायो दयाहाङलाई राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2017/06/02
नेपाली चलचित्र क्षेत्रको समग्र विकास प्रवद्र्धन एवं विस्तार गर्न स्थापना भएको चलचित्र विकास बोर्डको अध्यक्षमा अहिले राजकुमार राई छन् । उनको कार्यकालमा नेपाली चलचित्रक्षेत्रमा धेरै उल्लेख्य काम भएको चलचित्रकर्मीहरु बताउँछन् । नेपाली चलचित्रक्षेत्रको विकासका लागि सरकारी तहबाट गठन भएको चलचित्र विकास बोर्डको वेबसाइटमा एउटा ठूलो गल्ती भेटिएको छ । चलचित्र विकास बोर्डको आधिकारीक वेबसाइटमा फिल्म 'सेतो सूर्य' को विषयमा जानकारी दिइएको छ । तर, वेबसाइटमा फिल्मको विषयमा दिइएको सम्पूर्ण जानकारी गलत छ । 
 
फिल्म 'सेतो सूर्य' मा दयाहाङ राई, आशा मगराती, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । तर, विकास बोर्डको वेबसाइटमा भने फिल्म 'सेतो सूर्य' मा नायक राजेश हमाल र गोपाल लामाको मुख्य भूमिका रहेको र निर्देशकको नाम हरि नारायण गुप्ता लेखिएको छ । 
 
 
चलचित्र विकास बोर्डको आधिकारीक वेबसाइटमा नै भेटिएको यो गल्तीले अहिले विकास बोर्डमाथि नै प्रश्न उठेको छ । यति मात्र होइन फिल्मको निर्माताको नाम समेत वेबसाइटमा गलत लेखिएको छ । फिल्म 'सेतो सूर्य' मा दीपक रौनियार, जोसिन बार्न्स, छिरिंग शेर्पा, माइकल मेर्केटको लगानी छ तर विकास बोर्डको वेबसाइटमा भने निर्मातामा राजेश सिद्धि र हरी सिद्धिको नाम लेखिएको छ । चलचित्र विकास बोर्डको आधिकारीक वेबसाइटमा भेटिएको यो गल्तीको विषयमा बुझ्न हामीले विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई फोन सम्र्पक गरेका थियौं तर उहाँको फोन उठ्न सकेन । 
 
यो गल्ती हेर्दा चलचित्र विकास बोर्डले प्रदान गर्ने आधिकारीक तथ्यांकमाथि विश्वासको वातावरण नरहेको देखिन्छ ।