मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः भारतीले गरिन् इन्गेज्मेन्ट

एजेन्सी, मुम्बई, 2017/06/02
चर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै लेखेकी छिन्, 'खुशीको पल ।' भारती र हर्ष नोभेम्बरमा विवाह गर्दैछन् । गएको केही वर्षदेखि दुईले एक अर्कालाई डेट गर्न सुरु गरेका थिए । तर, यी दुईले आफ्नो अफेयरको कुरा मिडियामा लुकाउँदै आएका थिए । हर्ष 'कमेडी क्लासिज' र 'कमेडी सर्कस' का लेखक हुन् । 
 
गएको वर्ष खबर आएको थियो कि भारतीले हर्षले दिएको औंठी लगाएकी थिइन् । त्यसपछि भारतीले भनिन्, 'हर यूवती जस्तै मलाई पनि विवाह गर्ने सपना छ । यहाँ सम्मकी मेरो परिवारले समेत मलाई भनिरहनु भएको छ कि अब चाँडो विवाह गर । म २०१६ को अन्तिमसम्ममा विवाह गर्न सक्छु ।'