.jpg)
यस पटकको शुक्रवारबाट दुई फरक जनराका नेपाली फिल्मले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको फिल्म 'रातो घर' र वानसट्मा खिचिएको सस्पेन्स थ्रिलर फिल्म 'जालो' ले आज शुक्रवारबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् । यी दुई फरक स्वादका फिल्म मध्ये दर्शकहरुलाई कुन स्वादिलो लाग्ला ? अब यसको रिजल्ट त आजबाट नै थाहा हुनेछ ।
आउनुहोस्, यी दुई फिल्मको चर्चा गरौं :-
'रातो घर'
गएको बुधवार राजधानीमा आयोजना गरिएको प्रिमियरमा निकै रुचाएको फिल्म 'रातो घर' मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेका हुन् ।
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको 'रातो घर' का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको 'रातो घर' मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले 'कालो काम गर्नेको सेतो कथा' भन्ने नारा बोकेको छ ।
जालो
विश्व कीर्तिमान राख्ने दौडमा रहेको 'जालो' वानसट्मा खिचिएको फिल्म हो । वानसट् भनेको सुटिङ सुरु हुँदा अन भएको क्यामेरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ। ४ घण्टामा विना अफ गरि खिचिएको यो फिल्मको सिक्वेल 'जालो रिर्टन्स' पनि चाँडै प्रदर्शनमा आउँदैछ । अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार फिल्म 'जालो' मा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।

