Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै घरमा खिचिएको 'मन्दिरा', कस्तो छ कथा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/01
असार २३ गतेलाई रिलिज डेट फाइनल गरिएको फिल्म 'मन्दिरा' ट्रेलरबाटै प्रतिक्षित बनेको छ । अझ, एउटै घरमा खिचिएका कारण पनि दर्शकहरुमा 'मन्दिरा' कस्तो बनेको होला भन्ने जिज्ञासा छ । सस्पेन्स प्रेम कथा बोल्ने भनिएको फिल्म 'मन्दिरा' को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच नयाँ गीतको भिडियो सार्वजनिक गरियो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले निम्त्याउने समस्यालाई फिल्ममा देखाइएको निर्देशक दीपेश सापकोटाले बताए । 
 
दीपेश सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म एक घरको एक कोठामै खिचेर सकाईएको बताईएको छ । निर्देशक सापकोटाले 'मन्दिरा' को निर्देशकिय पाटोलाई आफ्नो करिअरको 'एक्सपेरिमेन्ट' भनेका छन् । 
 
करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका फिल्मका प्रस्तुतकर्ता हरि भट्ट छन् । फिल्ममा नरेन खड्का, बिनि पोखरेली, जे.बि.डि.सी., लक्ष्मी बस्नेत,  प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना लगायतको मुख्य भूमिका छ । सुसन प्रजापतिले 'मन्दिरा' खिचेका हुन् ।
Most Visited News (monthly)