Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहिनन् 'मोहनी लाग्ला है' की गीतकार

फिल्मीखबर, काठमाण्डौ, 2017/06/01
'कसरी भनूँ म मनको कुरा यो', 'के सोचें मैले के भयो अहिले', 'चियाबारीमा', 'झझल्को लिएर आएछ सावन', 'पिरती आफैं हुँदो रैछ', 'मोहनी लाग्ला है' जस्ता चर्चित गीतकी गीतकार कुसुम गजमेरको ७२ बर्षको उमेरमा निधन भएको छ । उनको भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो ।
 
नेपाली संगीतमा विशेष गरी फिल्मको गीति लेखनमा अमूल्य योगदान पुराएकी प्रसिद्ध गीतकार कुसुम गजमेर संगीतकार रन्जित गजमेरकी धर्मपत्नी हुन् । २००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुमको दुई छोरी र एक छोरा छन् । उनी निर्देशक तुलसी घिमिरेकी सासू पनि हुन् ।
Most Visited News (monthly)