Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युकेमा बनेको ‘ब्ल्याक समर’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2017/06/01
नायिका रीमा विश्वकर्मा अभिनित फिल्म 'ब्ल्याक समर' को अफिसियल ट्रेलर रिलिज भएको छ । बदला, प्रेम र थ्रीलरको कथा बोल्ने फिल्मलाई एलबी सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ । 
 
नेपाल रिलिज घोषणा नगरिएको यो फिल्म जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुँदैछ । त्यस्तै, अमेरिकादेखि अष्ट्रेलियासम्म पनि फिल्म रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । यो फिल्म बेलायतको ३७ शहरमा पनि प्रदर्शन हुँदैछ । 
 
ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाको लगानी रहेको यस फिल्ममा ताराप्रकाश लिम्बु, हरि लम्साल, उदेश श्रेष्ठ र राजकुमार बगरको संगीत रहेको छ भने प्रतीक दुतराजको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म युके र नेपालमा खिचिएको हो ।
 
Most Visited News (monthly)