Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैले विवाह गर्न हतार गरेँ : मनीषा कोइराला

एजेन्सी, मुम्बई, 2017/06/01
मनीषा कोइराला अहिले फिल्म 'डियर माया' बाट सिल्भर स्क्रीनमा कमब्याक गर्दैछिन् । मनीषाले आफ्नो रियल जिन्दगीमा निकै उतारचढाव देखेकी छिन् । उनले आफ्नो बैबाहिक सम्बन्ध टुट्नुको दोषी आफूलाई नै मानेकी छिन् । उनले एक अन्तर्वार्ताको क्रममा भनिन्, 'विवाहलाई लिएर मेरो एक सपना थियो तर विवाह गरेपछि मलाई लाग्यो कि मेरो त्यो सपना पूरा भएन ।' बिजनेसम्यान सम्राट दाहालसँग उनको बैबाहिक सम्बन्ध २ बर्षमात्र चल्यो । मनीषाले २०१० मा विवाह गरेकी थिइन् भने २०१२ मा उनको डिभोर्स भएको थियो । 
 
मनीषाले अगाडि भनिन्, 'मेरो विवाहलाई लिएर फरक सपना र विचार थियो । म विवाह गर्न चाहन्थेँ र फेरी मैले महशुस गरेँ कि म यसका लागि बनेकी होइन । यो मेरो नै गल्ती थियो ।' 
 
बैबाहिक सम्बन्ध टुट्नुको विषयमा बोल्दै मनीषाले भनिन्, 'यदी तपाई खराब सम्बन्धमा हुनुहुन्छ भने यो नै राम्रो हुन्छ कि तपाई छुटिएर बस्नुस् । मैले विवाहका लागि हतार गरेँ र मेरो बैबाहिक सम्बन्ध अगाडि बढ्न सकेन । यसका लागि म आफूलाई नै दोषी मान्छु ।' जुन बर्ष (२०१२) मा मनीषाको डिभोर्स भएको थियो त्यही बर्ष उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । 
Most Visited News (monthly)