Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रातो घर' प्रिमियर, विल्सनको तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2017/06/01
यही शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आउन लागेको विल्सन विक्रम राई (तक्मे बुढा) अभिनित फिल्म 'रातो घर' ट्रेलर र गीत-संगीतबाटै प्रतिक्षित बनेको छ । हास्यटेलिश्रृंखला 'मेरी बास्सै' मा तक्मे बुढाको भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएका विल्सन विक्रम राईले फिल्म 'रातो घर' मा दमदार अभिनय गरेको चर्चा पनि तपाईहरुले विभिन्न सञ्चारमाध्यमहरुबाट सुन्दै आइरहनु भएकै छ । विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गरेपछि नेपालमा प्रदर्शन आरम्भ गर्न लागेको 'रातो घर' को  बुधवार राजधानीको बिग मुभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो । 
 
फिल्मका निर्देशक सुरज सुब्बा नाल्बोसहित विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु उपस्थित प्रिमियरमा नायिका करिश्मा मानन्धर, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका पूजा शर्र्मा, नायिका सुस्मा कार्की, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे लगायतका कलाकारहरुको पनि भव्य उपस्थिती थियो । फिल्म हेरेपछि चलचित्रकर्मीहरुले कलाकार विल्सन विक्रम राईको खुबै तारिफ गरेका थिए । फिल्मको कथावस्तु, कलाकारहरुको अभिनय र निर्देशकिय पाटोलाई फिल्म हेरेका चलचित्रकर्मीदेखि पत्रकारहरुले रुचाएका छन् । 
 
 
नेपालको पूर्वी क्षेत्र झापामा हुने अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको 'रातो घर' मा विल्सनको कमेडी संवादले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ । फिल्मको नाम 'रातो घर' किन राखिएको होला ? भन्ने प्रश्न तपार्ईहरुको मनमा पक्कै उब्जिएको होला । 'रातो' को अंग्रेजी अर्थ डेन्जर हुन्छ । सोहि डेन्जरलाई लिएर फिल्म डेन्जर घर अर्थात 'रातो घर' नाम राखिएको हो । फिल्ममा अभिनय गर्ने कलाकारहरुले जेललाई डेन्जर अर्थात 'रातो घर' भनेका छन् । किन जेललाई कलाकारहरुले डेन्जर भनेका छन् ? त्यो जान्नका लागि भने हलसम्म नै जानु पर्नेछ । 
 
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको 'रातो घर' का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको 'रातो घर' मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले 'कालो काम गर्नेको सेतो कथा' भन्ने नारा बोकेको छ । 
Most Visited News (monthly)