जेष्ठ २६ गतेबाट अलनेपाल रिलिज हुन लागेको दयाहाङ राई र प्रियंका कार्की स्टारर फिल्म 'लाल्टिन' को नयाँ गीत सार्वजनिक भएको छ । 'व्हिस्की' बोलको गीतमा नायिका प्रियंका कार्की र नव-नायक निर्जन थापा एक डान्सबारमा विन्दास नाचिरहेको देख्न सकिन्छ । विनोद ढकाल, सोमिया बराईली र किरण माइकलको स्वर रहेको गीतमा शब्द तथा संगीत किरण माइकलको नै छ ।
दयाहाङ्, प्रियंका र निर्जनका अलावा फिल्ममा राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एमसन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म 'लाल्टिन' मा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ । देव कुमार श्रेष्ठले फिल्मलाई निर्देशन गरेका हुन् ।

