.jpg)
गएको वर्ष रिलिज भएको फिल्म 'राधा' पछि नायिका संचिता लुइँटेल अभिनित नयाँ फिल्म 'लिला' ले आफ्नो रिलिज डेट कन्फर्म गरेको छ । भदौ ३० गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'लिला' को केही दिन भित्रै निर्माणपक्षले 'ढाकाकै चोली' बोलको पहिलो गीत सार्वजनिक गर्ने तयारीमा छ । रमेश कोइराला निर्देशित यो फिल्ममा संचिताका अलावा मलिना जोशी, राज कटुवाल, ध्रुव कोइराला, मुकुन्द किशोर भट्टराई, दिनेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
काठमाडौं, चितवन, सिक्कम, दार्जिलिङ, सिलगुढी लगायतका ठाउँमा खिचिएको फिल्म 'लिला' मा संचिताले मलिना जोशीको दिदीको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा संचिता एक विजनेशम्यानको श्रीमतीको भूमिकामा रहेको निर्देशक रमेश कोइरालाले जानकारी दिए ।
सिपी पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरे पनि निर्माताको रुपमा छन् । फिल्मको कथा लक्ष्मण बस्नेतले लेखेका हुन् भने अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । शिव ढकालले फिल्ममा क्यामेरा चलाएका हुन् ।
.jpg)
गएको वर्ष रिलिज भएको 'राधा' पछि संचिता अभिनित अन्य कुनै पनि फिल्म हलमा लागेका छन् । नायक निखिल उप्रेतीसँग विवाह गरेर दुई सन्तानकी आमा भएपछि पुनः फिल्ममा सक्रिय हुन थालेकी संचितालाई 'लिला' ले कस्तो प्रतिफल दिने हो त्यसको रिजल्ट त भदौ ३० पछि नै थाहा हुनेछ । तर, संचिता भने 'लिला' बाट पूर्ण विश्वस्त छिन् ।
त्यस्तै, मलिना जोशीलाई अहिले आफ्नो करिअर माथि उठाउन एक राम्रो फिल्मको आवश्यकता परेको छ । गएको वर्ष रिलिज भएका फिल्म 'द विनर' र 'झुम्की' असफल भएपछि अहिले मलिना 'लिला' को आशमा छिन् ।

