Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामै हराइन् नन्दिता !

मनिष अन्जान, काठमाण्डौ, 2017/05/31
केही वर्ष अगाडि एक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी नायिका नन्दिता केसी पलायन भएको चर्चाले यतिबेला सिनेवृत खुबै गर्माएको छ । अमेरिका जाँदै गर्दा उनले केही मिडियामा नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिने वाचा गरेकी थिइन् तर अब यस्तो लाग्दैछ कि उनी अमेरिका छाडेर पुनः फिल्ममा कमब्याक गर्दै ओरालो लागेको आफ्नो फिल्मी करिअर बचाउने सोचमा छैनन् । बरु कसरी हुन्छ अमेरिकामै सेटल हुने उनको तयारी छ । 
 
अमेरिकामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा बाक्लो उपस्थिती जनाइरहेपनि नेपाल फर्किएर उनले फेरी अभिनयलाई निरन्तरता भने दिन सकेकी छैनन् । हुनत, लगातार आफू अभिनित फिल्महरु हिटभन्दा धेरै फ्ल्पको सूचीमा सुचिकृत हुन थालेपछि नन्दिताले पनि नेपालका पुराना धेरै कलाकारले रोजेको अमेरिकाको बाटो रोज्न बाध्य भएको हो भन्दा सायद गलत नहोला । फिल्म क्षेत्रमा नयाँ नायिकाहरुको आगमनसँगै विस्तारै माग घट्दै जाँदा नन्दिताले पनि आफ्नो सुखद जीवन जिउने जिन्दगीको साँचो अमेरिकामा नै देखिन् । दर्जन बढी फिल्ममा काम गरेकी नन्दितालाई डेब्यू फिल्म ‘इन्द्रेणी’ ले करिअर मस्काउने ठूलो अवसर दिएको थियो तर त्यसपछिका केही फिल्म बाहेक धेरैले लगातार घात गर्दा उनको घरको दैलोसम्म फिल्मको स्क्रिप्ट बोकेर निर्माताहरु पनि पुग्न छाडे । 
 
केही वर्षयता खाली हात बस्दै गर्दा उनले अमेरिकाको लागि भिषा आवेदन दिइन् । भाग्यमानी नन्दितालाई अमेरिकाले पत्यायो । फिल्मी करिअर उभो लाग्ने नदेखेपछि नन्दिता अमेरिका पलायन भएको चर्चा अहिले फिल्मी वृतमा चल्न थालेको छ । अब नन्दिता पुनः नेपाल फर्किएर अभिनयमा लाग्छिन् वा अमेरिकालाई नै कर्मथलो बनाउँछिन् त्यो त समयले नै देखाउनेछ । 
 
पछिल्लो समय नेपाली नायिकाहरु फिल्म क्षेत्रमा करिअर संकटमा पर्दै गएपछि अमेरिका तिर पलायत हुने गरेका छन् । यसअघि कुनै समयका सुन्दरी नायिका भनेर चिनिने कृष्टि मैनाली, जल शाह, पुजा चन्द र ऋचा घिमिरे लगायतका अभिनेत्रीहरु अमेरिकामै बसोबास गरिरहेका छन् ।
 
Most Visited News (monthly)