Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'ए मेरो हजुर २' को 'साइला दाई' गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/05/30
भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को दोस्रो गीत सार्वजनिक भएको छ । 'किनीदेउ न साइला दाई' बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द-संगीत सुन्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
 
गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ठुम्का लगाएकी छिन् । मारुनी फ्लेवरको गीतमा नायिका साम्राज्ञीलाई नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरनमा निकै सुन्दर देखिएको छ ।  यसअघि फिल्मको 'कसम हो' बोलको गीत सार्वजनिक भएको थियो । युट्युबमा यो गीत ३६ लाखभन्दा बढीले हेरिसकेका छन् ।  नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्।  फिल्मलाई सन्जय लामाले खिचिरहेका छन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  यो चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।
 
Most Visited News (monthly)