
'बाहुबली' अभिनेत्री अनुष्का शेट्टी अभिनेता प्रभाससँग नाम जोडिँदा अहिले निकै तनावमा छिन् । प्रभाससित आफ्नो अफेयरको हल्ला 'बाहुबली' टिमकै कुनै सदस्यले फैलाएको अनुष्काको आशंका छ । मिडियामा यो खबर पनि आएको थियो कि प्रभासले फिल्म 'बाहुबली' कै निम्ति अनुष्काको बिहे २ वर्षदेखि रोकेर राखेका थिए ।
हालैमा आफ्नो विवाहको विषयमा बोल्दै अनुष्काले भनिन्, 'म यदी कुनै एक्टरसँग काम गरेँ भने मेरो नाम उसैसँग जोडिने गर्छ ।' प्रभास र अनुष्का चाँडै नयाँ फिल्म 'साहो' मा देखिने संभावना छ । यो फिल्ममा हिरोइनका लागि सबैभन्दा अगाडि कैटरीना कैफको नाम अगाडि आएको थियो तर केही कारणले उनले यो फिल्ममा काम गर्न सकिनन् । अब खबर यो छ कि प्रभासको अपोजिटमा अनुष्का शेट्टी देखिँदैछिन् ।
करिब ८ वर्ष पहिले बनेको तेलुगु फिल्म ‘बिल्ला’ मा पहिलोपटक प्रभास र अनुष्काको जोडी बाँधिएको थियो । यसपश्चात २०१३ मा आएको फिल्म ‘मिर्ची’ मा उनीहरु सँगै देखिएका थिए ।

