Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चमेलीसँग होला 'कमलेको बिहे' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/30
अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर फिल्म ‘कमलेको बिहे’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम प्रस्तुत छन् भने सन्ध्या चमेलीको भुमिकामा छिन् । मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा बोकेको फिल्मलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरमा नायक अनुप विक्रम शाही लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन् । फिल्ममा उनले बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष प्रस्तुत गरिएको छ । 
 
सरिता मुभिज ब्यानरमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतका कलाकारको पनि अभिनय छ । नेपालको पश्चिम भेगमा छायांकन गरिएको फिल्ममा सरिता लामा निर्मात्री र दीपक विष्ट कार्यकारी निर्माता छन् । फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको द्वन्द्व छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन्। फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् । 

Most Visited News (monthly)