Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

'ब्रेकअप' : १५ लाखमा आशिरमान अनुवन्धित ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/30
गएको वर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर फिल्म 'गाजलु' बाट सफलताको स्वाद चाखेका निर्माता रोहित अधिकारीको दोस्रो प्रोजेक्ट 'ब्रेकअप' मा ‘ग्याङस्टार ब्लुज’ का नायक आशिरमान देशराज श्रेष्ठ अनुवन्धित भएका छन् । सोमवार आशिरमान र निर्माता अधिकारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भदौको दोस्रो साताबाट फ्लोरमा जान लागेको यो फिल्मका लागि १५ लाखमा आशिरमानलाई अनुवन्धित गरेको निर्माता अधिकारीले जानकारी दिए । उनले भने, 'मैले ‘ग्याङस्टार ब्लुज’ को सुटिङ सेटमै गएर आशिरमानको काम हेरेको थिएँ । मलाई उसको काम निकै राम्रो लाग्यो । ‘ग्याङस्टार ब्लुज’ रिलिज भएपछि हुने उसको माग र चर्चालाई हेर्दै मैले 'ब्रेकअप' मा आशिरमानलाई अनुवन्धित गरेको हुँ । १३ लाख पारिश्रमिक, १ लाखको कस्टुम र फिल्म हिट भए १ लाख थप गर्ने सम्झौतासहित आशिरमानलाई १५ लाखमा फाइनल गरेको हुँ ।'
 
कूल २ करोड ३० लाखको लागतमा निर्माण हुने यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्नेछन् । रोहित अधिकारीको पहिलो फिल्म 'गाजलु' लाई पनि हेमराजले नै निर्देशन गरेका थिए भने ‘ग्याङस्टार ब्लुज’ पनि उनकै निर्देशनमा तयार भएको हो । 'ब्रेकअप' का लागि निर्माता रोहित अधिकारीले निर्देशक हेमराज विसीलाई २५ लाखमा फाइनल गरेका हुन् । 
 
फागुन ४ गतेलाई रिलिज डेट लक गरिएको 'ब्रेकअप' का लागि हालसम्म नायिकाको टंगो भने लागेको छैन् । यस विषयमा निर्माता अधिकारी भन्छन्, 'आशिरमानलाई जोडी सुहाउने नायिकाको खोजीमा छौं । 'गाजलु' मा सृष्टि श्रेष्ठलाई डेब्यू गराएँ अब 'ब्रेकअप' बाट नयाँ नायिकालाई लञ्च गर्दैछु ।' नाम्चे, बेशक्याम्प लगायतका ठाउँमा छायांकन हुने फिल्मको सुटिङ सेड्यूल ५० दिनको रहेको छ । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस् को संयुक्त ब्यानरमा बन्ने यो फिल्ममा दिपक खतिवडा र रुपक थापा पनि निर्माताको रुपमा छन् ।  
 
आशिरमानको पहिलो फिल्म ‘ग्याङस्टार ब्लुज’ रिलिज नभइसकेको अवस्थामा उनी दोस्रो फिल्मका लागि १५ लाखमा अनुवन्धित भएको कुरा आफैमा अपत्यारिलो हो । तर, निर्माता रोहित आफूले १३ लाख पारिश्रमिक, १ लाखको कस्टुम र फिल्म हिट भए १ लाख थप गर्ने सम्झौतासहित आशिरमानलाई १५ लाखमा फाइनल गरेको कुरा सत्य भएको बताउँछन् । 
Most Visited News (monthly)