मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.88/5.00)
Text size:-
+
-

'पर्व' ले कमायो करोड, 'हिटलर' ले कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/29
गएको शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'पर्व' र 'हिटलर' ले अहिले सिनेमा हलमा सुखद व्यापार गरिरहेका छन् । नम्रता श्रेष्ठ र कोशिश क्षेत्री स्टारर फिल्म 'पर्व' ले प्रदर्शनको तीन दिनमा करोड ग्रसको कमाई गरेको छ भने 'हिटलर' को बिजनेस रिपोर्ट प्राप्त भएको छैन् । तर, 'हिटलर' का निर्देशक सौरभ ढकालका अनुसार, शुक्रबार फिल्मको अकुपेन्सी ५० प्रतिशत भन्दा माथि रहेको र शनिबार ७० प्रतिशतको आसपासमा रहेको छ । 
 
सोमवार परेको सार्वजनिक विदाले यी दुई फिल्मको व्यापारमा धेरै ठूलो राहत मिलेको छ । 'पर्व' का निर्माता निर्माता सुवास गिरीले बलियो वर्ड अफ माउथका कारण फिल्मले सोमबार बिहानैदेखि सुखद व्यापार गरेको जानकारी दिए । उनले भने, 'शुक्रबार देशभरबाट फिल्मले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।' उनले ३ दिनमा फिल्मले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।
 
त्यस्तै, 'हिटलर' का निर्देशक ढकालले फिल्मको व्यापार औषत रहेको जानकारी दिए । उनले भने, ‘फिल्म हेर्ने दर्शकले मन पराउनु भएको छ । वर्ड अफ माउथले व्यापार बढ्नेमा आशावादी छौ ।’ अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ, नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । फिल्म हेर्ने अधिकांश दर्शकले कलाकारद्धय मेनुका प्रधान र ए गुरुङलाई रुचाएका छन् ।