मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्नुस् यस्ता छन् ‘प्रेमगीत २’ का गीत

फिल्मीखबर, काठमाण्डौ, 2017/05/29
साउन १३ गतेलाई रिलिज कन्फर्म गरिएको यस बर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' को अडियो जुकबक्स सार्वजनिक भएको छ । अडियो जुक्स बक्समा चार गीत समाबेश छन्, जसमध्ये दुई गीतको भिडियो युट्युबमा सार्वजनिक भैसकेको छ । 'कहानी यो प्रेमगीतको...' शीर्ष गीत हो, जसमा कल्याण सिंहको संगीत छ भने रोहितजोन क्षेत्री र श्रेया सोताङले स्वर दिएका छन् । फिल्मको दोस्रो गीत 'मोटरसाइकलमा' र तेस्रो गीत 'म त हाँस्न नै सक्छु' हो । त्यस्तै, 'विस्तारै विस्तारै' गीत पनि फिल्ममा समाबेश छ । 
 
रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । सन्तोष सेनको निर्माण र ओम गुरुङ सहनिर्माता रहेको फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ । यो फिल्म बर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत' को सिक्वेल हो । 'प्रेमगीत' मा प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा थिए ।