मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब एकसाथ देखिए आयुष्मान र सृष्टि...

फिल्मीखबर, काठमाडौं, 2017/05/28
'चपली हाईट २' बाट रंगीन दुनियाँमा पाइला अगाडि बढाएका नायक आयुष्मान देशराज जोशी र 'गाजलु' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका सृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्मक्षेत्रमा संभावना बोकेको कलाकारको रुपमा हेरिएको छ । बजारमा अहिले आयुष्मान नायिका प्रियंका कार्कीसँग र सृष्टि नायक सौगात मल्लसँगको प्रेममा रहेको खुबै हल्ला छ । यस्तैमा यी दुई शुक्रवार दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा सञ्चालनमा आएको हाइजेनिक, कस्मेटिक सामाग्रीहरुको प्रयोग गरिने 'दि भान युनिसेक्स सैलुन' को समुदघाटन कार्यक्रममा देखिए । उक्त सैलुनको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नायक आयुष्मान देशराज जोशी र मिस नेपाल २०१२ एवं नायिका सृष्टि श्रेष्ठले संयुक्त रुपमा रिवन काट्दै उद्घाटना गरेका थिए । 
 
सञ्चालक रमेश पराजुलीका अनुसार, दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध छन् ।
 
 
सैलुन उद्घाटन कार्यक्रममा बोल्दै नायक आयुष्मान देशराज जोशीले दि भान जस्तो सैलुन हुँदा आफूजस्तो ग्ल्यामर क्षेत्रमा कार्यरतले मात्र होइन सबैले आफूलाई राम्रो देखाउन सक्ने बताए । त्यस्तै, मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठले दि भान युनिसेक्स सैलुनले धेरैको मनजित्न सक्ने भन्दै सफलताका लागि शुभकामना दिइन् । हालैमा आयुष्मानले फिल्म 'कथा काठमाण्डू'को छायांकन सकाएका छन् भने नायिका सृष्टिले 'गाजलु' पछि 'रोमियो एन्ड मुना' को छायांकन सकाएर चाँडै 'लाउरे' को सुटमा व्यस्त हुँदैछिन् ।