मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

'२ रुपैयाँ' को गीतमा निश्चल र स्वस्तिमाको ठुम्का !

फिल्मीखबर, काठमाण्डौ, 2017/05/28
निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काले पहिलो पटक एउटै गीतमा ठुम्का लगाएको फिल्म '२ रुपैयाँ' को लोक फ्लेभरको गीत सार्वजनिक भएको छ । 'कुटुमा कुटु' बोलको गीतमा राजनराज शिवाकोटीको शब्द-संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । लगातार हिट गीतहरु पस्किरहेका संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको यो गीतले पनि बजार पिट्न सक्ने अनुमान लगाउन सकिन्छ । 
 
असिम शाहले निर्देशन गरेको यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । 
 
फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको फिल्म भदौ २३ गतेबाट अलनेपाल रिलिज हुने फाइनल भैसकेको छ ।