Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा सर्‍यो पल र आँचलको 'जोनी जेन्टलम्यान'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/28
यही जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरेको पल शाह स्टारर फिल्म 'जोनी जेन्टलम्यान' अब भदौको अन्तिम शुक्रवारबाट प्रदर्शनमा आउने भएको छ । देशको वर्तमान राजनीति घटनाक्रमले फिल्मको व्यापारमा असर गर्ने देखिएपछि निर्माणपक्षले फिल्मको रिलिज डेट भदौ ३० गतेलाई लक गरेको हो । 
 
बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनले नेपाली फिल्मको व्यापारलाई ठूलो असर पुगेको थियो । त्यस्तै, जेष्ठ ३१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनले पनि फिल्मको व्यापारलाई असर गर्ने छाँटकाट देखिएपछि 'जोनी जेन्टलम्यान' को रिलिज दुई महिना पछाडि धकलिएको फिल्मका निर्देशक नितिन चन्दले जानकारी दिए । 
 
फिल्मको नयाँ रिलिज डेट घोषणासँगै निर्माणपक्षले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् । यसअघि फिल्मको दुई गीत रिलिज भैसकेको छ भने अब दर्शकहरु फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । कमेडी, एक्सन र प्रेमको मिश्रण फिल्ममा छ । नेपाल र भारतका विभिन्न रमणिय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा जोनीको भूमिकामा रहेका पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् । 
Most Visited News (monthly)