Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ट्रयाकमा आयो कपिलको शो

एजेन्सी, मुम्बई, 2017/05/28
लामो समयपछि कमेडियन कपिल शर्माको कमेडी शो 'द कपिल शर्मा शो' को लागि खुशीको खबर आएको छ । एक चर्चित वेबसाइटले दावी गरेको छ कि यो हप्ता आएको टीआरपी रेटिङमा कपिलको शो टप १० मा सामेल भएको छ । १७ मार्चमा सुनील ग्रोवरसँग झगडा भएपछि कपिलको शोको टीआरपी लगातार झेरेको थियो । करीब दुई महिनापछि कपिलको शो टप-१० टीआरपी लिस्टमा सामेश भएको छ । तर, वेबसाइटले यो स्पष्ट पारेको छैन कि शो टप-१० लिस्टको कुन स्थानमा छ । 
 
यो हप्ताको टीआरपीमा कपिलको शोलाई ४.१ मिलियन इम्प्रेशन मिलेको छ, जुन गएको हप्ता मिलेको ३.४ मिलियन इम्प्रेशनभन्दा ०.७ मिलियन बढी हो । तर, यो रेटिङग्स ‘कपिल शर्मा के शो’ को पहिला मिल्ने रेटिङग्सभन्दा धेरै कम हो । सोनी च्यानलमा सुरु भएको बखत ‘द कपिल शर्मा शो’ लाई एभरेज ६ मिलियन इम्प्रेशन मिल्ने गर्थ्यो । तर, लामो समयपछि रेटिङग्समा सुधार आउनु कपिलको शोका लागि खुशीको खबर हो । 
Most Visited News (monthly)