मिति : २०८१ ज्येष्ठ २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.73/5.00)
Text size:-
+
-

कस्तो चल्यो नम्रता र कोशिशको 'पर्व' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/28
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म 'पर्व' अहिले नेपालका सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ । गएको बर्ष 'क्लासिक' बाट पोल्टाभरी अवार्ड थापेकी नम्रताले अहिले फिल्म 'पर्व' बाट दर्शकहरुको मन जितिरहेकी छिन् । जेष्ठ १२ गतेदेखि देशका ७७ वटा सिनेमा हलहरुबाट प्रदर्शनमा आएको 'पर्व' ले शुक्रवार र शनिवार सुखद व्यापार गरेको छ । 
 
शनिबार विहान फिल्मका मुख्य कलाकार नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्कीलाई साथमा लिएर निर्देशक दिनेश राउत उपत्यकाका विभिन्न मल्टिप्लेक्स थ्रिएटरहरुमा पुगेर दर्शकहरुको प्रतिक्रिया लिएका थिए । जहाँ सस्पेन्स थ्रिलर जनरको 'पर्व' ले राम्रो रिभ्यु प्राप्त गरेको छ । 
 
 
दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि नायिका नम्रताले भनिन्, 'उपत्यका भित्रका मल्टिप्लेक्सदेखि सिंगल स्क्रीन सबैमा फिल्मको ब्यापार राम्रो छ ।' उपत्यका बाहिरको रेस्पोन्स पनि अपेक्षाकृत रहेको नम्रताले सुनाईन । निर्माताद्धय निकिता पौडेल र सुवास गिरीले फिल्म हेरेका दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलेको बताए । निर्माता गिरी भन्छन्, 'अब पर्वको व्यापारमा वर्डअफ माउथले फाईदा पुग्नेछ ।'