मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिहे अगाडि नै आमा बन्न चाहन्छिन् श्रुति हासन

एजेन्सी, मुम्बई, 2017/05/27
कमल हासनकी छोरी तथा एक्ट्रेस श्रुति हासन आमा सारिकाको बाटोमा अगाडि बढ्न चाहन्छिन् । उनलाई विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या छैन् । तर, उनले भनेकी छिन् कि यस्तो तब हुन्छ जब कोहिँ राम्रो केटा उनले भेट्नेछिन् । हालैमा एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो लाइफसँग जोडिएका केही कुरा शेयर गरेकी छिन् ।  
 
श्रुतिले भनिन्, 'पहिला म एक म्यूजिक डायरेक्टर (उनले नाम बताइनन्) मन पराउँथेँ । हामी दुई निकै क्लोज थियौं । मलाई लाग्थ्यो कि म उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई यो महशुस भयो कि यो त मात्र आकर्षण थियो । यसपछि मेरो कोहिँ ब्यायफ्रेन्ड छैन् । यहाँ सम्मकी करियरको यो प्वाइन्टमा मसँग ब्यायफ्रेन्डका लागि समय पनि छैन् । मैले अहिले विवाहको विषयमा सोचेकी छैन् । तर, सही समयमा विवाह गर्नेछु । यदी राम्रो केटा मिल्यो भने विवाह अगाडि पनि आमा बन्न मलाई कुनै अफ्ठ्यारो हुने छैन् । मलाई मतलब छैन कि मिडिया र मानिसहरु के भन्छन ।'