मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पशुपति प्रसाद' को सिक्वेल होइन 'धनपति' : दीपेन्द्र / खगेन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2017/05/27
बर्ष २०७२ मा प्रदर्शनमा आएको फिल्म 'पशुपति प्रसाद' ले आम मानिसको मन जित्न सफल भयो । दर्शकको मन मात्र होइन फिल्मले पैसा पनि राम्रै छाप्यो । गएको बर्ष 'पशुपति प्रसाद' सर्वोत्कृष्ट फिल्म मात्र घोषित भएन निर्देशक दीपेन्द्र के. खनालले सर्वोत्कृष्ट निर्देशक र उत्कृष्ट संवादको विधाबाट खगेन्द्र लामिछानेले पोल्टाभरी अवार्ड थापे । 'पशुपति प्रसाद' का प्रत्येक संवादहरु अझै पनि दर्शकहरुको जिब्रोमा झुण्डिन छाडेको छैन् । 
 
'पशुपति प्रसाद' पछि निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म 'चपली हाईट २' र 'लभ लभ लभ' हलमा रिलिज भएपनि खगेन्द्रलाई भने दर्शकहरुले 'पशुपति प्रसाद' पछि पर्दामा देख्न पाएका छैनन् । अब दीपेन्द्र के. खनाल निर्देशित र खगेन्द्र लामिछानेको लेखन र अभिनय रहेको फिल्म 'धनपति' असार २३ गतेबाट अलनेपाल रिलिज हुँदैछ । यो फिल्ममा खगेन्द्र लामिछाने 'धनपति' को भूमिकामा छन् भने उनको श्रीमतीको भूमिका सुरक्षा पन्तले निर्वाहा गरेकी छिन् । 
 
फ्लोरमा जानु भन्दा अगाडिदेखि नै फिल्म 'धनपति' 'पशुपति प्रसाद' को सिक्वेल हो भन्ने चर्चा खुबै चलेको थियो । शुक्रवार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दीपेन्द्र के. खनाल र लेखक तथा कलाकार खगेन्द्र लामिछानेले यस विषयमा मुख खोले । निर्देशक खनाल भन्छन्, 'पशुपति प्रसाद र 'धनपति' को पछाडि 'पति' लागेका कारण दर्शकहरुलाई 'पशुपति प्रसाद' को सिक्वेल 'धनपति' लाग्न सक्छ तर त्यो होइन । फरक कथावस्तुमा हामीले 'धनपति' बनाएका छौं । मात्र यति हो कि 'पशुपति प्रसाद' को टिमले 'धनपति' निर्माण गरेको हो ।'  
 
त्यस्तै, लेखक तथा कलाकार खगेन्द्र लामिछानेले दर्शकहरुलाई 'धनपति' 'पशुपति प्रसाद' को सिक्वेलको रुपमा नबुझ्न अनुरोध गरे । उनले भने, 'पशुपति प्रसादको सिक्वेलको रुपमा 'धनपति' लाई नबुझिदिनुहोला । फरक कथावस्तुमा, अलग परिवेशको, अलग कथा हो यो । 'पशुपति प्रसाद' सँग यसको नाता जोडिएको भनेको 'पशुपति प्रसाद' को मेकर्स र डायरेक्टरले बनाएको सिनेमा मात्र हो 'धनपति' । यो 'पशुपति प्रसाद' भन्दा विल्कुलै अलग फिल्म हो ।'
 
यो फिल्ममा खगेन्द्रका अलवा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।