मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगनाले फेरी बढाइन् पारिश्रमिक

एजेन्सी, मुम्बई, 2017/05/27
बलीउड अभिनेत्री कंगना रनौतले फेरी आफ्नो पारिश्रमिक बढाएकी छिन् । खबरका अनुसार, उनले हालैमा एक फिल्मका लागि ११ करोड पारिश्रमिक मागेकी थिइन् । कंगनाले पारिश्रमिक बढाएपछि निर्देशक राजीव मेनन खाली हात उनको घरको दैलोबाट फर्किनु पर्यो । राजीव मेनन कंगनालाई आफ्नो नयाँ फिल्ममा साइन गर्न चाहन्थे । यसका लागि मेननले कंगनालाई फिल्मको स्टोरी पनि सुनाएका थिए । 
 
सुत्रका अनुसार, कंगनालाई पटकथा मन पर्यो र उनी फिल्म गर्न तयार पनि भईन् । जब पारिश्रमिकको कुरा आयो तब कंगानाले मेननसँग ११ करोड माग गरिन् । कंगनाले माग गरेको ११ करोड पारिश्रमिक दिन मेनन तयार नभएपछि उनी खाली हात कंगनाको घरबाट फर्किए ।  अहिले मेननले फिल्मको सबै काम रोकेर नयाँ नायिकाको खोजीमा निस्किएका छन् ।