Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरी पढाउन राजनीतिमा होमिए खगेन्द्र (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/26
फिल्म 'पशुपति प्रसाद' को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म 'धनपति' को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका लिड कलाकार खगेन्द्र लामिछाने आफ्नी छोरीलाई बोर्डिङ स्कुलमा पढाउनका लागि गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । 
 
असार २३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन र अभिनय रहेको छ । उनीसँगै फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । 
 
फिल्मको विषयमा बोल्दै निर्देशक दीपेन्द्र के खनालले अन्य फिल्म भन्दा 'धनपति' बनाउन निकै गाह्रो भएको बताए । उनले भने, 'हुनत, खगेन्द्र लामिछानेसँग स्क्रिप्टमा बस्दा नै फिल्म बनाउन गाह्रो हुन्छ भन्ने कुरा भएको थियो तर स्पोटमा पुगेपछि त्यस्तो गाह्रो पनि होला भन्ने आँकलन गरेका रहेन छौं । झन मलाई त सिनेम्याटोग्राफरको पनि काम गर्नु पर्ने भएकाले निकै गाह्रो भएको थियो । तरपनि हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं ।' 
 
 
फिल्मका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले 'धनपति' को विषयमा बोल्दै भने, 'व्यावसायिक कुरा दोस्रो हो तर हामीले जसरी 'पशुपति प्रसाद' लाई राम्रो सिनेमा बनाउने प्रयास गरेका थियौं यो फिल्ममा पनि हामीले दक्षता, क्षमता र बल-बुद्धिले भ्याएसम्म राम्रो काम गर्ने कोशिश गरेका छौं ।'
त्यस्तै, सुरक्षा पन्तले राम्रो टिमसँग काम गर्ने मौका पाएकोमा खुशी महशुस गरेको बताइन् । उनले यो फिल्ममा खगेन्द्र लामिछानेकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । 
 
सुर्य थोकरको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शैलेस श्रेष्ठको पाश्र्व संगीत, आधासुरको संगीत छ । ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन् ।

Most Visited News (monthly)